रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल दसै र तिहारको बीचमा गर्ने गरी सारिएको छ ।

राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९ र ३० गते गर्ने तयारी गरिएको थियो । जिल्ला स्तरीय प्रतियोगिताको तयारीमा जुट्दा राष्ट्रिय स्तरको खेलको तयारीमा कमजोरी हुने सम्भावनाका बीच भदौं २९ र ३० गतेको लागि तय गरिएको जिल्ला स्तरीय प्रतियोगिता सारिएको संयोजक न्यौपानेको भनाई छ । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा राष्ट्रिय स्तरका ६ विधाका खेलहरु सञ्चालन हुनेछन् ।

राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी लेबल खुल्ला तर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्धितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी भेट्रान्स ४५ बर्ष उमेर समुह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ बर्ष उमेर समुह माथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रिय स्तरमा टक १० भन्दा माथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधि तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, र जिल्ला स्तरीय खुल्ला तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने उनले क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया